मंसिर १४, मोरङ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार स्वाब नमूना परिक्षण गराउँदा प्रमुख अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
प्रमुख अधिकारीसँगै ६४ वर्षीया श्रीमती जानुका अधिकारी र अर्का एक सुरक्षाकर्मीमा समेत संक्रमण देखिएको छ । पोखरामा उहाँको छोरालाई समेत संक्रमण भएको बताइएको छ । संक्रमण देखिएसंगै प्रमुख अधिकारी निवासमै आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहनुभएको छ । प्रमुख अधिकारी केही दिनअघि पोखरास्थित निवास पुगेर विराटनगर बिहीबार फर्किनुभएको थियो ।