• २०८३ बैशाख १५ गते मङ्गलवार

उपत्यकामा थप ९३४ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९३४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ७४७, भक्तपुरमा ७३ र ललितपुरमा ११४ गरी ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर थप १५ सय १३ जनामा कोरोनासंक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७६ हजार २ सय ५८ जना पुगेको छ । आज १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ९१ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस