असोज १३, काठमाडौं । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक परिसर भित्र रहेको भबनमा नागरिक सहायता कक्षको पुननिर्माण कार्य सम्मन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रवि पौडेलको नेत्तृत्वमा अत्याधुनिक र सुविधा सम्पन्न सहितको रहने गरि पुननिर्माण गरिएको हो । विगत लामो समयदेखि जिर्ण अवस्थामा रहेको सहायता कक्ष पुन निर्माण पछि अबको दिनमा सेवाग्राहीलाई सहज हुनेछ । सहायता कक्ष पुननिर्माण पछि धेरै सहज भएको एक सेवाग्राहीले बताए ।

कार्यालयमा आउने सेवाग्राहीलाई सहज हुने र अबका दिनमा असईको नेतृ्वमा सेवा प्रदान गर्ने कार्यालय प्रमुख एसपी पौडेलले बताए ।
