भदौ १३, काठमाडौं । तारकेश्वर नगरपालिकाको आयोजनामा सामाजिक दुरी कायम राख्दै पत्रकार एवं सरोकारवालावीच अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । सो कार्यक्रममा नगरपालिकाका मेयर रामेश्वर बोहोरा, उपमेयर भवानी डोटेल, नगरपालिकाका प्रवक्ता एवं वाड नं.१ का वडाध्यक्ष विदुर सापकोटा, प्रमूख प्रशासकिय अधिकृत, नगरपालिकाका अन्य अधिकृतहरु, स्वास्थ्यकर्मीलगाएत विभिन्न क्षेत्रसँग सम्बन्धित पत्रकारहरुको उपस्थिति थियो ।

यस कार्यक्रमको मूल उद्येश्य यस नगरपालिका भित्र विगतमा भएका विकास लगाएत अन्य कार्यहरु त छँदैछन् मूलतः वर्तमान अवस्थामा विश्व कोरोना आतंकबाट विचलित छ र नेपाल पनि यसबाट अछुतो नरहेको अवस्थामा हरेक स्थानिय तहले यो भाइरस निवारणको लागि जनतासमक्ष विभिन्न किसिमका जनमूखि कार्यक्रमहरु ल्याइरहेको सन्दर्भमा यस तारकेश्वर नगरपालिकाले पनि नगर क्षेत्रभित्र वसोवास गर्ने नगरवासीहरुको हितनुकूल हुनेगरी के कस्ता स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु विगतमा भए र आगामी दिनहरुमा लागू गर्ने योजना छन् भन्ने सन्दर्भमा पत्रकार र सरोकारवालावीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

यसै सन्दर्भमा सर्वप्रथम पत्रकारहरुको जिज्ञासाप्रति सरोकारवाला व्यक्तिहरुको चासो रहेकोले विभिन्न क्षेत्रसँग सम्बन्धित पत्रकारहरुद्धारा नगरपालिकाले गरेका कार्यहरु जनमूखी छन् तर केहि कमि कमजोरीहरु पनि देखिएकाले यसलाई सुधार्नु जरुरी देखिएको कुरा औल्याइएको थियो । यसन्तर्गत जिज्ञासा थिएः आइसोलेसन अस्पत्ताल कति बेड सम्मको र कहाँ वनाउँने, कोरोना सँक्रमितको लागि राहत र सहुलियतको व्यबस्था के छ, पिसिआर टेष्ट हालसम्म कति गरिएको छ, होम क्वारेन्टाइनमा वस्नेको लागि कम्सेकम राहतको व्यबस्था के छ, जनतालाई यसवारेमा सुसूचित गर्नको लागि के कस्ता कार्यक्रमहरु ल्याइएको छ, कोरोना महामारीसँगै रोजगारी गुमाउनेको सँख्या पनि बढ्दो भएकोले यसतर्फ के कस्तो योजना छ, व्यपार, व्यवसाय, उद्योग धन्दा, कलकारखाना, निर्माणका कार्यहरु प्रायः बन्द भइरहेको अवस्थामा जनताको लागि के कस्ता राहतको कार्यक्रम ल्याइएको छ भन्ने जस्ता जिज्ञासाहरु थिए भने सुझावकोरुपमा यो कोरोना रोगवारे जनतामा अभैmपनि चेतनाको अभाव या लापरवाहीका कारण भिडभाडमा अझैपनि रमाउन चाहने, पसल व्यबसाय निश्चित समयभन्दा बढी नै खोल्ने, अनावश्यकरुपमा वाहिर सडकमा माक्स नलगाई सामाजिक दूरी कायम नराखी हिड्ने आदि कारणले गर्दा प्रहरीसँग समन्वय गरी यस सम्बन्धमा जनतालाई अझ सचेत गराउनको लागि प्रत्येक टोल सुधार समिति र आमा समुहका केहि व्यक्तिहरु परिचालन गर्नुपर्ने, कोहि व्यक्तिहरु अन्य रोगको कारणले विरामी परेको अवस्थामा एम्वुलेन्सको व्यबस्था गर्नुपर्ने, काठमाण्डौमा रोजगार गुमाएर वसेका व्यक्तिहरुको लागि पनि केहि राहतको प्याकेज भएमा अझ उत्तम हुने सुझाव दिइएको थियो ।
यसरी पत्रकारहरुको सुझावलाई मनन गर्दै, मेयर रामेश्वर वोहोराले लामो लकडाउनको यो समयमा विगतमा पनि राहतको प्याकेज ल्याइएको, विकासको काममा पनि धेरै नै प्रगति भएको, सो सम्बन्धमा सोही नगरपालिकाका इन्जिनियरबाट अवगत हुने जनाउँदै सम्पूर्ण पत्रकारहरुलाई यसवारेमा सुझाव दिएकोमा धन्यवाद दिँदै विगतमा यस नगरपालिकामा सूचना सम्बन्धमा केहि अल्मलिए पनि हाल नगरपालिकाले भएका र गरेका कार्यहरुको फेहरिस्त विभिन्न वेभसाइडमा राखेको र पत्रकारहरुमार्पmत पनि जानकारी गराइँदै आइरहेको कुरा औल्याउनु भयो । यसै सन्दर्भमा कोभिड १९ अर्थात् कोरोनावारे बोल्दै विगतमा जनताको लागि राहतको प्याकेज ल्याएको, विरामी मानिसहरुको लागि एम्वुलेनस सेवा प्रदान गरेको, खाद्य सामाग्रीलगाएत स्वास्थ्यसँग सम्बन्धित सामाग्रीहरु खरिद गर्नको लागि रकम खर्च भएको र आइसोलेसन अस्पत्ताल निर्माणको लागि सांङला प्राथामिक स्वास्थ्य केन्द्रमा ५० शैयाको आइसोलेसन वार्ड तयारी हालतमा राखिएको र थप २५ बेड तयार पार्ने योजना वनाइएको, होम आइसोलेसनमा वस्ने व्यक्तिका लागि जनही रु ५,०००। खाना तथा पोषण खर्चलगाएत स्यानिटाइजर, माक्स, पञ्जा उपलब्ध गराइने, कोभिड १९ मा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराइने कुराको जानकारी गराउनु भयो । यसै सन्दर्भमा आइसोलेसन वार्ड वनाउने कुरा भन्दा जति सजिलो छ त्यसको व्यबस्थापनमा धेरै जटिलता भएर नै यसवारेमा गम्भीररुपमा छलफल गर्नुपर्ने कुरा औंल्याउँनु भयो । केन्द्रसँग समन्वय गरी इमरजेन्सी कोभिड १९ का विरामीहरुलाई अस्पत्ताल लगिने व्यबस्था गरिएको कुरा पनि जानकारी गराउनु भयो ।
आप्mनो मन्तव्य दिने क्रममा उपमेयर भवानी डोटेलले नगरपालिकाले जनहितको लागि कोरोनासँग सम्बन्धित भएर धेरै कामहरु गरेको र केहि महत्वपूर्ण योजनाहरु अगाडि सारेको, पत्रकारहरुले सहि समाचार सम्प्रेषण गर्ने हो भने हामीमा भएको कमी कमजोरीहरु पनि सुधार्ने मौका मिल्थ्यो भन्दै नगरपालिकामा दर्ता भएका हरेक किसिममा मुद्याहरुको सुनुवाई भरसक मेलमिलापमा आधारीत भई गरिएको र हालसम्म ९६ वटा मुद्या दर्ता भएकामा करिब ६० प्रतिशत मुद्या सल्टिएको कुरा जानकारी गराउनु भयो ।
त्यस्तै प्रमूख प्रशासकीय अधिकृतले पनि आफ्नाे नगरपालिकाले विगतमा गरेका विकासका कार्यहरु र हालको कोरोना महामारीमा जनमुखी कार्यहरु धेरै भएको, साथै पत्रकारहरुको सल्लाह र सुझावलाई कार्यान्वयनतर्फ जोड दिने कुरा औंल्याउनुभयो । कामको लागि भन्न जति सजिलो हुन्छ गर्न धेरै गाह्रो हुन्छ भन्दै फ्रन्टलाईनमा वसी काम गर्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्तास्वरुप केहि प्रतिशत रकम तोकिएको कुरा जानकारी दिनुभयो । यस तारकेश्वर नगरपालिका हेर्ने एकजना डाक्टरको पनि व्यबस्था गरिएकोले उहाँले हालको काभिड १९ सम्बन्धमा जनताले के कस्ता कुरामा सचेतना अप्नाउने भन्नेवारेमा जानकारी दिनुभयो र स्वास्थ्यकर्मीबाट जानकारी भएअनुसार हालसम्म तारकेश्वर नगरपालिकामा कोरोना पोजिटिभको संख्या ८२, निको भएका १७, मृत्यु हुनेको संख्या १, जम्मा सक्रिय केस ६४, पिसिआर गरेको संख्या ४४३, होम आइसोलेसनमा जम्मा ४३, सरकारी तथा नीजि अस्पत्तालमा जम्मा २२ जना रहेका कुरा जानकारी गराइएको थियो । हालसम्म विभिन्न वडाहरु जस्तै वडा नं.१ मा ३, वडा नं.२ मा ३, वडा ३ मा २, वडा न.४ मा ७, वडा नं.५ मा १३, वडा ६ मा ०, वडा नं.७ मा ०, वडा नं. ८ मा १०, वडा नं.९ मा ६, वडा नं.१० मा २४, वडा नं.११ मा १४ जना समेत जम्मा ३८ जना महिला र ४४ जना पुरुष गरी जम्मा ८२ जनामा कोरोना संक्रमित पुष्टि भइसकेको व्यहोरा जानकारी गराइयो ।
त्यस्तै सडक इन्जिनियरद्धारा हालसम्म विभिन्न वडामा सडक कालोपत्रेदेखि लिएर ढलान भएको विवरणसहित सडक ग्राभेल, पुल निर्माण ४, पार्क निर्माण २, खानेपानी पाइपलाइन विस्तार, ढल निर्माण, नदी नियन्त्रण, सिँचाई २ हेक्टर, पोखरी निर्माण २, विद्यालयको भौतिक निर्माण, स्वास्थ्य चौकी निर्माण, सार्वजनिक जग्गा संरक्षण, सामुदायिक भवन मर्मत तथा निर्माण आदि कार्यहरु गरिएको व्यहोरा जानकारी गराइयो ।
त्यस्तै नगरपालिकाद्धारा प्राप्त विवरण अनुसार यस नगरपालिकालाई मिति २०७६।०८।२७ गते ९८.०८ प्रतिशत साक्षर व्यक्तिहरुको डाटा लिई साक्षर नगर घोषणा गरिएको, लकडाउनको अवधिमा भर्चुअल क्लास संचालन गरिएको, उपत्यकामा विकास प्राधीकरणसँगको समन्वयमा साङ्गला खोला महादेव खोलामा नदी नियन्त्रणको कार्य भएको, सडक वोर्ड नेपाल र सडक विभागसँगको समन्वयमा लामवगर सडक र फुटुङ्ग साङ्गला सडकको स्तरोन्नती तथा विस्तार कार्य भएको, आ व २०७६।७७ मा स्वीकृत योजनाको वित्तिय प्रगति ८० प्रतिशत भएको, वागमती प्रदेश पुर्वाधार विकास कार्यालयसँगको समन्वयमा वडा नं.६ सनफ्लावर स्कुलदेखि बस्नेतटार सडक कालोपत्रे गर्ने चरणमा रहेको कुराहरु जानकारीमा आएको छ ।
यसरी स्थानिय तहबाट जनताको प्रत्यक्ष सरोकारका विषयसँग सम्बन्धित रहि विकासका कामहरुमा केन्द्रिय सरकारको प्रत्यक्ष सरोकार भन्दा केहि हदसम्म राम्रो नतिजा प्राप्त गर्न सकिन्छ नै । गणतन्त्र प्राप्तीपश्चात् पहिलो निर्वाचित तीनै तहका सरकारले देशमा जनहितनुरुप विभिन्न कार्यहरु गर्दै आइरहेको भएतापनि विभिन्न कारणले विकासको काममा वाधा व्यबधानहरु आइपरेको छ । त्यस्तै अहिले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण पनि देशकै अर्थतन्त्र केहि डामाडोलको स्थितिमा पुगिरहेको समयमा यस नगरपालिकाले जनहितको काममा लगाव राखि समृद्धि तारकेश्वर बनाउनको लागि कोभिड १९ को विरुद्धमा अभियान चाल्दै अहिलेसम्म जति पनि कार्यहरु गरेको छ त्यो अन्य नगरपालिकाको तुलनामा सह्रायिन नै छ र अव जनताको अपेक्षा के हो भने यो कोराना नियन्त्रणमा केन्द्रिय सरकारसमक्ष सामन्जस्यता कायम राख्दै कोहि पनि जनता गास, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरवाट वञ्चित नहुन, यो रोग नियन्त्रणको लागि नगरपालिकाले कुनै पनि उपाए अवलम्वन गरोस् र भ्रष्टाचारको गन्धलाई टाढै राखि विकास र निर्माणको काममा दत्तचित्त दिएर लागि परोस् भन्ने शुभकामना ! यो महामारीबाट तपाइँ हामी जनता पनि सरकारी निकाएको आदेशको पालना गरौं र तपाइँ हाम्रो तर्पmबाट पनि स्थानिय सरकारलाई दिने सहयोगमा कुनै कसर बाँकि राखेनैाँ भने राज्यबाट पनि हामीले केहि अपेक्षा गर्न अवश्य सक्छौं । तपाईहरुलाई केहि अप्ठ्याराहरु परेको खण्डमा सम्बन्धित वडाका जनप्रतिनिधिहरुलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ । धन्यवाद ।