• २०८२ जेष्ठ ३० गते बिहिवार

नेपालमा कहाँ कति कोरोना संक्रमित थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १३ , काठमाडौँ। थप ८ सय ८४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३७ हजार ३ सय ४० जना पुगेको छ ।काठमाडौँ उपत्यकामा १८६ जना संक्रमित थपिएका छन् । काठमाडौँका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६-२६ जना, सुसनरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१-२१ जना, झापा र बाँकेका २०-२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९र १९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १० जना तथा धादिङ र मकवानपुरका ९-९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३र३ जना, सप्तरी र कपिलवस्तुका २-२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १र१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ३१३ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २० हजार ५ सय ५५ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ सय ७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस