• २०८३ बैशाख ११ गते शुक्रवार

पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३,पोखरा । पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृतक पुरुष नबिल बैंकको पोखरा समागृह शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत थिए । उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ थालिएको पोखरा १४ का वडा सदस्य जितेन्द्र थापाले जानकारी दिए । पोखरा १४ का उनी उपचारको लागि अस्पताल जाने क्रममै संक्रमित भएको हुन सक्ने बताइएको छ ।

sab
मृतक पोखरा स्वास्थ्य विज्ञान प्रष्तिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भदौ ७ गते भर्ना भएका थिए । भदौ ७ गते उपचारका लागि अस्पताल आएका उनलाई कोरोना आशंका गरि ८ गते स्वाब जाँचका लागि पठाइएको उनले बताए शनिबार बिहान ११ बजे उनको अस्पतालको आइसोलेसन कक्षमा उपचारको क्रममा मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस