भदौ १३, काठमाडौँ । कोरोनाको महामारीले प्रत्येक तीन घन्टामा एकको मृत्यु हुने गरेको छ । स्वास्थ्य मन्त्रालयका जानकार अधिकारीहरुकानुसार भदौमा देखिएको तथ्यांकले आगामी दिनमा स्थिती झन भयावह हुने संकेत देखिएको छ । कोरोनाको घट्दो निको हुने दर र बढ्दो मृत्युदरको कारणले झन चुनौती खडा गरेको छ । सरकारले एकातिर निषेधाज्ञा जारी गरेको छ भने अर्कोतिर नागरिकलाई गाँस, बाँस, कपासको समस्याले दिनानुदिन झन बिकराल स्थिती सिर्जना भएको छ ।
आखिर निषेधाज्ञा जारी नगरी नहुने पनि छ । केहि मानिसको लापरवाहीको कारण कोरोना संकर्मितको दर झन बढ्दो छ । उता सीमानामा पारी पसल खुलिराखेका छन भने वारि पारी सामान ल्याउने निउंमा आवत जावत रोकिएको छैन । यसले गर्दा झन समस्या देखिएको छ एकातिर भने अर्कोतिर दैनिक गर्जो पनि टार्नुपरेको छ । कोहि भन्छन भोकमरीले भन्दा महामारीले मार्ने भो त , कोहि भन्छन भोकमरीले घुन पिसिएजस्तै पिसिने भैयो । यसरी कयौंको घरमा चुलो बलेको छैन भने कयौ मानिसलाई अबको भविश्य निर्धारणमा चिन्ता छ । यता स्वास्थ्यकर्मीलाई कोरोना भन्दा पनि समाजको डर छ ।
यो रोगलाई हाम्रो समाजले हेर्ने दृष्टिकोण फरक भएको कारणले पनि फ्रन्ट लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक आदिलाई यो समाजको डर लाग्नु अस्वभाविक होइन ! सिसिएमसी सचिवालयमा कार्यरत एकजना कार्यलय सहयोगीलाई कोरोना पोजिटिभ देखिएपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा तथा प्रधानसेनापतिसमेत होम आइसोलेसनमा बसेका छन ! रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ । यसरी सर्वसाधारणदेखि उच्च तहका अधिकारीसम्म संक्रमित देखिएपछि जटिलताको ढिस्को झन बढेको छ । तसर्थ तपाई हामी नागरिक एककदम अगाडि बढेर सोचबिचार गरी वर्तमान अबस्थाको जटिलतालाई बुझौं र सचेत हौं । अनावश्यक लखर लखर नहिडौं ! सरकारले पनि पहिलो प्राथमिकतामा सीमा आवत जावत र काठमान्डु आगमनमा कडाई नगर्ने हो भने स्थितिले झन बिकराल मोड लिनसक्ने देखिन्छ । तसर्थ आफुपनि सचेत हौं , अरुलाई पनि सचेत गराउं ।
खिमराज गिरी