• २०८२ जेष्ठ ३० गते बिहिवार

१४ लाख नगदसहित चार जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

१४ साउन, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्थामा १४ लाख नगदसहित चार जुवाडे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई, वडा नं ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री रहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ। उनीहरूको साथबाट कृषि विकास बैंकको रु २९ लाखको चेकसमेत बरामद गरिएको छ । जुवाखेलिरहेको स्थानबाट ठूलो रकमसहित जुवाडे पक्राउ परेको यो जिल्लाकै पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस