जेठ १६, काठमाडौं । शुक्रबार थप १७० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा कुल १२१२ जना कोरोना संक्रमित रहेका छन ।
स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २७ जना, सप्तरीका ४ जना, झापा भद्रपुरका १ जना, बाराका ४ जना, पर्साका ५ जना, सर्लाहीका हाल पाटन अस्पतालमा उपचाररत १ जना, म्याग्दी मालिकाका १ जना, बाँकेका १० जना, कपिलवस्तुका ५१ जना, बर्दघाट सुस्ता (पूर्व) देवचुलीका २ जना, रैतहटका ५६ जना, सर्लाहीका ४ जना, रुपन्देही १ जना, दाङका २ जना रहेका छन् ।
मन्त्रालयका अनुसार हालसम्म नेपालका ५२ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । त्यस्तै हालसम्म २०६ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्जपछि घर फर्केका छन् ।