• २०८३ जेष्ठ २९ गते शुक्रवार

आजको मौसम : मेघगर्जन, चट्याङ्ग सहित वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १७, काठमाडौं । आज दिउँसो देशभर सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने राती देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका एक दुई स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायु र पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको देखिन्छ। जसको प्रभाबले हाल देशको पश्चिमी भू(भाग लगायत पहाडी भेगमा सामान्य बदली भई पश्चिमका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले देशको पूर्व र पश्चिमका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस