पौष १३, कैलाली । जिल्लाको घोडाघोडि नगरपालिका ४ माघिमा रहेको एक दलित परिवारको युवाको सब तिन दिन पछि आज उठ्यको छ। आफन्त नहुदा सब न नउठ्येको उहाँका आफन्तले आज हामि सामु बताएका छन ।

गरिब परिवार तिन बाल बालिकालाई पाल्न समेत उहालाई गारो भयको मृतककि श्रीमतिले बताउनु भयको छ। मृतककि श्रीमति भने अपाङ्ग हुनुहुन्छ । घरको अबस्था समेत एक दम नाजुक रहेको स्थानीयको भनाई रहेको छ, । लगाउनलाई एक जोड कपडा नभएको हामिले देखेका नै छौ । पुस महिनाको जाडोमा घरमा ओढ्ने ओछ्याउने नभएको र जाडोले कठङ्ग्रियर उहाको मृत्यु भएको मृतककि श्रीमतिले बताउनु भएको छ ।
उहाँहरूको दयनिय अबस्था देखेर दलित जनजागरण मञ्च र घोडाघोडि उधोग बाणिज्य संघ तथा बिभिन्न ब्यक्ति मिलेर न्यानो कपडा र आर्थिक सहयोग समेत गरेको छन ।
दलित जनजागरण मञ्च घोडाघोडिका अध्यक्षसङ्ग यसको केहि कुरा बुझ्दा गरिब बिपन्न परिवार भयकाले केहि स्वार्थ नबोकि स्थलगत बुझ्दा मन रोय पस्चात आफुबाट र बिभिन्न संघसंस्थाको प्रतिनिधिद्वारा सहयोगको अपिल गरि आज न्यानो कपडा तथा आर्थिक सहयोग समेत गर्नु भएको छ।
मृतककि श्रीमतिको भनाई के रहेको छ भने आफु निकै गरिब भयकाले श्रीमानको क्रियाको समयमा सबैले आफूलाई केहि सहयोग गर्न समेत उहाँले अपिल गर्नुभएको छ ।