पौष १३, रुकुम । रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार मुसिकोट नगरपालिका-८ घोरखानीमा ३४ वर्षीय चित्रबहादुर थापालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ५० वर्षीया डल्ली बुढालाई प्रहरीले पक्राउ गरेको हो ।
चक्कु प्रहार गरी श्रीमानको हत्या गरेको स्वीकार गर्दै डल्ली आफैं जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उपस्थित भएकी थिइन् ।उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।