• २०८३ असोज २६ गते सोमवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १३, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रूपैयाँले बढेको छ ।

शुक्रबार र आइतबार स्थिर रहेको छापावाला सुन आज सोमबार प्रतितोला ९४ हजार रूपैयाँ कायम भएकोमा आज ९४ हजार ९०० रूपैयाँ कायम भएको महासंघले जनाएको छ । यस्तै तेजाबी सुन ९४ हजार ४०० मा कारोवार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य पनि आज बढेको छ । आइतबार प्रतितोला चाँदी एक हजार २८० मा कारोवार भएको चाँदी आज एक हजार ३१५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस