• २०८३ बैशाख ६ गते आइतवार

कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, झापा। नागरिकता सम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख धनञ्जयकुमार साह, सोही कार्यालयका कार्यालय सहयोगी आसिर आलम र गौरादह–७ का कृष्णप्रसाद तिम्सिनालाई पक्राउ गरिएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा नागरिकता प्राप्त गर्ने व्यक्ति नागरिकतामा उल्लेख भएको ठेगानामा नरहेको र कार्यालयको सफ्टवेयर प्रयोग गरी नागरिकता वितरण गरेपछि उक्त विवरण ‘इडिट’ सच्याएर गरी पुनः विभिन्न मितिमा सोही नम्बरका नागरिकता अन्य व्यक्तिलाई वितरण गरिएको खुलेको छ ।

साह, आलम र तिम्सिनालाई शनिबार पक्राउ गरी जिल्ला अदालतबाट नागरिकतासम्बन्धी कसुर मुद्दामा दिन पाँच दिन म्याद थपेर अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस