• २०८३ साउन २४ गते आइतवार

स्टार बलर सन्दीप लामिछानेलाई कोरोना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले ट्विट गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले ट्विट गर्दै लेखेका छन मलाई कोभिड(१९ पोजेटिभ भएको जानकारी दिनु मेरो कर्तव्य हो। बुधबारदेखि मेरो शरिरको केही भाग दुःखीरहेको थियो। तर अहिले मेरो स्वास्थ्यमा केही सुधार भइरहेको छु, आफूलाई कोरोना पुष्टि भएको जानकारी दिदैं उनले ट्विट गरेका छन्। सबै राम्रो भएमा म छिट्टै मैदानमा फर्किनेछु। तपाईंहरूको प्रार्थनामा मलाई सम्झिनु होला।

Sharing

प्रतिक्रिया दिनुहोस