भदौ १२, बाँके । बाँके प्रहरीले अपहरणमा परेका बालकको उद्धार गरेको छ । खजुराका १३ वर्षीय बालक बुधबार अपहरणमा परेकामा प्रहरीले आज शुक्रबार उद्धार गरेको हो ।

केही अपहरणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालकलाई अपहरण गरेर दश लाख रुपैया फिरौती मागेको बुझिएको छ । बालक बुधकार अपहरणमा परेकामा प्रहरीलाई हिजो बिहीबार खबर आएको थियो । प्रहरीले रातभरी अप्रेसन चलाएको थियो । खबर आएको चौविस घण्टामै प्रहरीले अपहरित बालकलाई उद्धार गर्न सफल भएको छ ।

बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बालकको उद्धार भएको पुष्टि गर्दै अन्य अनुसन्धान भइरहेको बताउनुभयो ।