भदौ १२, कैलाली । जनज्योती मा.बि. सुन्दरपुर घोडाघोडी कैलालिका प्र.अ.शाहीमाथि लगाईएको भ्रष्टाचारको आरोप निराधार रहेको पाइएको छ। त्यस बिद्यालयमा गइ सम्पुर्ण प्रमाणहरु अध्यन गर्दा सत्य तथ्य बुझ्दा विभिन्न संचार माध्यममा प्रसारित भएको भ्रस्टाचारको आरोप को शीर्षकको समाचार झुटो पाईएको छ।

त्यहाँ त्यस्तो कुनैपनी भ्रष्टाचार भएको बलियो प्रमाण फेला नपरेको हाम्रो टिम ट्वान्टीफोर नेपाल मिडियालाई बताउनु भएको छ। भ्रष्टाचार गरेको सम्बन्धमा एफ.एम.रेड स्टार एन.पी.को युट्युब च्यानल टि बि मा मिति २०७७-०५-०५गते नेकपा नेताको संरक्षणमा घोडाघोडीको बिद्यालयमा लाखौंको भ्रष्टाचार भएको छ भनी आएको समाचार प्रती निराधार र कपोकल्पित पुर्वाग्रह राखि प्र.अ.माथी मान मर्दन हुनेगरी आएको समाचारप्रती प्रेस काउन्सिल नेपालमा उजुरी परेको र ७दिन भित्र जबाफ पेस गर्न त्यस संचार माध्यमलाई मागेको बुझिएको छ।
