• २०८३ जेष्ठ ३१ गते आइतवार

नाताले जुराउने अवसर र चुनौती

राम राज आचार्य पढ्न लाग्ने समय : २ मिनेट

सम्बन्ध आफु बराबरका सङ गासिने गर्छ र त्यो पनि वैबाहिकको कुरो झन् विशिष्ट किसिमको रह्यो। अहिले चर्चामा राष्ट्रिय वाणिज्य बैंक का अध्यक्षको राजनीतिक नियुक्ति गरिएका प्राध्यापक उपेन्द्र कोइराला २०५० साल देखि नै संगठन नेतृत्व गर्ने कुरामा अगाडी नै रहेको कुरो सबैमा जानकारी पक्कै होला।

उनको नियुक्ति बहालवाला उप- प्रधान तथा रछ्या मन्त्री ईश्वर पोख्रेल सङको पारिवारिक सम्बन्धसङ तौलिएर अझ बढी सामाजिक संजालमा चर्चाको विषय बनेको छ। उपेन्द्र कोइरालाको नियुक्ति ईश्वर पोख्रेल यो पद वा शक्तिमा पुग्नु भन्दा अघि नै सुरु भएको थियो। सम्बन्ध त पछी गासिएको हुनु पर्छ (सायद २०६५ सालतिर)।

व्यवस्थापकिय ज्ञान भएको ब्यक्ति सङ विषयगत प्राबिधिक ज्ञान हुनु पर्छ भन्ने जरुरी छैन। यसर्थ, उनीमा भएको अनुभव पक्कै पनि जनताको सबै भन्दा धेरै निछेप संकलन गर्ने र त्यसलाई सहि परिचालन गर्ने एक बित्तीय संस्था प्रमुखको हैसियतमा उहाँ पक्कै सफल हुनु जरुरी छ। सम्धी वा आफन्तको पालन पोषण गर्ने आरोप मन्त्री ईश्वर पोख्रेललाइ मात्र नभएर अन्यलाइ पनि लाग्ने गरेको दृस्तान्त छन् । जस्तो, काठमाडौं उपत्यका खानेपानी लिमिटेड प्रमुखमा र लोक सेवा आयोग प्रमुखमा तिमिला यमी र कयोदेवि यमी जुन हिसिला यमीका दिदि हुन, राष्ट्रिय पुन: निर्माण प्राधिकरण को प्रमुखमा पुर्व अर्थ सचीव युव राज भुसाल (पछीको कम्युनिस्ट सरकारले अवकाश दिएको) जो राम चन्द्र पौडेलका सम्धी हुन् ।

कोइराला परिवारका भान्जा पर्ने महेश आचार्य २०४८ सालको गिरिजा प्रसाद कोइराला नेतृत्वको बहुमतिय सरकारका अर्थ मन्त्री बनेका थिए। शेर बहादुर देउवाकी सासु प्रतिभा राणा प्रचण्ड नेतृत्वको सरकारका पालामा जापानको राजदुतको नियुक्ति पाउन सफल बनिन्। सोम पाण्डे माधब नेपालकै सम्धी भएकै कारण मन्त्री तथा विभिन्न समितिको सक्तिसाली तहमा पुग्ने गरेको आरोप लाग्ने गरेको छ, नर्सिङ काउन्सिलकी रजिस्टार बिन्दा घिमिरे मन्त्री योगेश भट्टराई पत्नी हुन। यस्तै २०६४ सालमा आफु मन्त्री रहदा आफ्नै भाइ योगेन्द्र महतोलाई पारवहन तथा गोदाम ब्वस्थापन कम्पनीको अध्यक्ष बनाएर राजेन्द्र महतो बिबादित बनेका थिए। यस्ता नियुक्ति केहि नाताबाद बाट प्रेरित जस्ता देखिएपनि नाता कै कारण सफल र सछ्यम ब्यक्ति आफै ग्रशित हुन पनि सक्छन्।

नेपालका सफल अर्थ मन्त्रीमा गनिएका( तत्कालीन ९ महिने एमाले सरकारका) मन्त्री स्व: भरत मोहन अधिकारीले आफु मन मोहन अधिकारीको भाइ भएको कारण बेला बेलामा नाताबादको tag लाग्ने हुनाले अवसर बाट बन्चित हुने गरेको दुखेसो गरेका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस