• २०८३ बैशाख ८ गते मङ्गलवार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १२, काठमाडौँ । बिहीबार एकैदिन संक्रमणबाट १ हजार ६५ जनाको मृत्यु भएसँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६१ हजार ६ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७६ हजार ८ सय २६ जना नयाँ संक्रमित भेटिएका छन्। यससँगै कुल संक्रमितको संख्या ३३ लाख ८४ हजार ५ सय ७५ पुगेको छ ।

जसमध्ये हालसम्म २५ लाख ८३ हजार ६३ जना संक्रमणमुक्त भइसकेका छन् । अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । ७ लाख ३९ हजार ८ सय १८ जना सक्रिय संक्रमितको आइसोलेसनमा उपचार चलिरहेको छ । तीमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस