• २०८३ बैशाख २४ गते बिहिवार

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडौं । प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुने सबैभन्दा बढी धनुषाका छन् । संक्रमण पुष्टि हुनेमा धनुषाका २९, महोत्तरीका १७ , सप्तरीका १४, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना छन् । यसअघि हिजोमात्र ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजै कोरोना भाइरसका कारण १ जनाको मृत्यु भएको थियो ।

https://khabar24nepal.com/2020/05/27/34928

Sharing

प्रतिक्रिया दिनुहोस