जेठ १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ, नेपालको पुर्वी भू-भाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव रहेको छ। जसका प्रभावले हाल देशको मध्य भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहेको देखिन्छ।
आज दिउँसो देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशको मध्य र पूर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भू-भागका केही स्थानहरुका साथै पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। महाशाखाले आवश्यक सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ ।