• २०८३ असार १६ गते मङ्गलवार

ईन्द्रेणी सामाजिक विकास मञ्चद्वारा पालिकाहरुलाई सहयोग

रविन्द्र सापकोटा पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १६, नवलपरासी । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै ईन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट ९ पञ्चनगर पश्चिम नवलपारसीले आफ्नो समाजिक उत्तरदायित्व अन्र्तगत जिल्लाका सात वटै पालिकाहरुले स्थापना गरेका विपत ब्यवस्थापन कोषमा राहत स्वरुप चेक हस्तान्तरण गरेको छ । मंगलबार मञ्चका अध्यक्ष बद्री प्रसाद सुवेदी नेतृत्वमा उपाध्यक्ष कर्दम कुमर छेत्री, सचीव होमराज कुवर, लेखा तथा प्रसाशन अधिकृत रबिन्द्र सापकोटा सहितको टोलीले सात वटै स्थानिय तहमा पुगी पालिका प्रमुखहरुलाई सो सहयोग हस्तान्तरण गरेको हो ।

सहयोग अन्र्तगत पाल्हीनन्दन गाउपालिकामा ३० हजार, प्रतापपुर गाउपालिकामा ३० हजार, बर्दघाट नगरपालिकामा २० हजार ५ सय, सुनवल नगरपालिका, रामग्राम नगरपालिका, सरावल गाउपालिका र सुस्ता गाउपालिकाको विपत ब्यवस्थापन कोषमा १५, १५ हजार गरि कुल १ लाख ४० हजार ५ सय सबै पालिकाहरुलाई चेक मार्फत हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष सुवेदीले जानकारी दिनुभएको छ । सो रकम मञ्चका कार्य समिति पदाधिकारी, कर्मचारी लगाएतबाट संकलन गरि हस्तान्तरण गरिएको लेखा तथा प्रशासन अधिकृत रविन्द्र सापकाेटाले जानकारी गराउनु भयाे ।

Sharing

प्रतिक्रिया दिनुहोस