• २०८३ जेष्ठ १८ गते सोमवार

नेकपाका दुई अध्यक्ष बीचको वार्ता सकियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १६, काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्ता सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको अध्यक्षद्वयबीचको वैठकले बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ ।

मंगलबार दिउँसो दुई नेताबीच भएको भेटवार्तापछि सचिवालय बैठक बुधबार बस्ने सहमति भएको बालुवटार स्रोतले जनाएको छ । कुन समय बस्ने भन्ने जानकारी दिएको छैन । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच झण्डै एक घण्टा भएको कुराकानीमा दुवै नेताले आ-आफ्ना कुरा राखेको बताइएको छ । दुई अध्यक्षबीचको बैठकबाट फेरि भोलिका लागि सचिवालय बैठक तय गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस