चैत १५, काठमाडौं । लकडाउनको पाचौं दिन तारकेश्वर नगरपालिकाका ११ वटै वडामा पुर्णरुपमा पालना भएको पाईएको छ । तारकेश्वर नगरपालिकाको साङ्ला, काभ्रेस्थली, धर्मस्थली, जितपुर, फुटुङ्ग, गोलढुङ्गा र मनमैजुका सबै स्थान सुनसान पाईएको हो ।

तारकेश्वर नगरपालिकाको उपमेयर भवानी डोटेल, वडा नं. १ का अध्यक्ष तथा नगरपालका प्रवत्ता बिदुर सापकोटा, वडा नं. २ का अध्यक्ष रबिन्द्र के.सी, नगरपालिकाका कर्मचारी राजु तिमल्सेना सहितको टोलीले आज लकडाउनको अवस्थाका बारेमा नगरपालिका घुमेर बुझ्नु भएको थियो ।

यसैक्रममा उहाहरुले तारकेश्वर नगरपालिका वडा नं. १ स्थित साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा निमार्ण हुने क्वारेन्टाइन क्षेत्रको पनि निरिक्षण गर्नुभएको थियो ।
