• २०८३ बैशाख १७ गते बिहिवार

तारकेश्वर नगरपालिकामा २५ सैयाको सुबिधा सम्पन्न क्वारेन्टाइन बन्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, काठमाडौं । तारकेश्वर नगरपालिकामा सुबिधा सम्पन्न क्वारेन्टाइन निमार्ण हुने भएको छ । तारकेश्वर नगरपालिका वडा नं. १ स्थित साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा २५ सैयाको क्वारेन्टाइन निमार्ण गरिन लागेको हो ।

तारकेश्वर नगरपालिका वडा नं. १ मा रहेको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो चरणमा क्वारेन्टाइन बनाउने र यति आवश्यक परेमा अन्य वडामा पनि क्वारेन्टाइन बनाईने नगरपालिकाको उपमेयर भबानी डोटेलले बताउनु भयो ।

आपतकालिन अवस्था परेका टेन्टको समेत व्यवस्था गरि नगरवासीको उपचारमा लाग्ने नगरपालिकाका प्रवक्ता तथा वडा नंं १ का वडा अध्यक्ष बिदुर सापकोटाले जानकारी दिनुभयो ।

हाल प्राथमिक स्वास्थ्य केन्द्रका् रुपमा संचालित उक्त केन्द्रमा बिरामीको चाप त्यति नबढेपनि सामान्य रुघा खोकी लागेका पनि बिरामीहरु आउने गरेका उक्त स्वाास्थ्य केन्द्रका डा. नितु लिम्बुले जानकारी दिनुभयो ।

कोरोना भाईरसको सक्रमण बढेसगैं स्थानिय निकायहरुले रोग फैलन नदिनका लागि क्वारेन्टाइनको व्यवस्था गर्दै आएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस