पुष ११, काठमाडौ । माधव नेपाल समुहको प्रभाव मानिने सिन्धुपाल्चोक जिल्लाका युवा तथा बिद्यार्थीहरुको भेला काठमाडौमा आयोजना हुने भएको छ । रोयल ब्याङ्केट तिनकुनेमा पुस १४ गते १२ बजे बृहत भेला हुन लागेको हो।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू जिल्ला कमिटी सिन्धुपाल्चोकको सम्युुुुक्त आयोजनामा हुने कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० का सचिवालय सदस्य एवम् सरकारका उपप्रधानमन्त्री मन्त्री ईश्वर पोख्रेलको प्रमुख आतिथ्यता रहने छ । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दावा लामा पनि बिशेष अतिथिका रुपमा सहभागी हुँदै छन् । उनी पुर्व माओवादीका नेता हुन जो केही दिन पहिला मात्र केपी ओलि पक्षमा खुलेका हुन । कार्यक्रमलाई नेकपाका केन्द्रिय सदस्य महेश बस्नेत, एन महर, सरेश नेपाल लगायतले सम्बोधन गर्ने छन ।
यो कार्यक्रम सुरुवात मात्र हो, अनेरास्ववियूका केन्द्रिय सदस्य सन्जिब धितालले भने “अब हामी जिल्लामा स्थानीय तह हरुमा पनि भेला गर्दै छौ ।” पुर्व माओवादी तथा सिन्धुपाल्चोक पार्टीका सह संयोजक रहेका दावा लामा मन्त्री भएपछि ओली पक्षका लाग्नेहरु पनि बढेका छन ।