पुस १२, एजेन्सी । फ्रान्समा कोरोना भाइरस विरुद्धको अग्रमोर्चामा खटिएका सयौँ आप्रवासीहरूले अङ्गीकृत नागरिकता पाउने भएका छन् ।त्यहाँका आन्तरिक मन्त्रालयले कोरोना भाइरसको नियन्त्रण प्रयासमा खटिएका व्यक्तिहरूलाई द्रुत रूपमा उपलब्ध गराइने अङ्गीकृत नागरिकताका लागि निवेदन दिन भनेको छ ।
अहिलेसम्म ७०० भन्दा बढीले नागरिकता पाएका छन् वा पाउने अन्तिम चरणमा रहेको बीबीसीमा उल्लेख छ । त्यसमा स्वास्थ्य क्षेत्रमा काम गर्ने पेसाकर्मी अनि सरसफाइ र पसलमा काम गर्ने कामदार रहेका छन्।