• २०८३ बैशाख ४ गते शुक्रवार

कञ्चनपुरको पार्टी कार्यालय कब्जा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १२, कञ्चनपुर। नेकपा कञ्चनपुरको पार्टी कार्यालय कब्जा गर्न दलबलसहित पुगेका नेकपाका नेता भीम रावलपक्षधरहरु विद्यार्थीहरूबाट लखेटिएका छन् । नेता भीम रावलको उपस्थितिमा कञ्चनपुर पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षले आइतबार कार्यक्रम गर्ने तयारी गरेसँगै अनेरास्ववियुका विद्यार्थीहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेर रावललाई पक्षलाई लखेटेका हुन् ।

कार्यालय कब्जा भएसँगै रावलको कार्यक्रम भाँडिएको छ । तालाबन्दीपछि प्रचण्ड–नेपाल पक्षले ताला खोलेर कार्यक्रम गर्न खोजेपछि कार्यालय स्थलमा अहिले झडपको अवस्था छ । अनेरास्ववियुका कञ्चनपुर जिल्ला अध्यक्ष विरबहादुर थापा लगायतले अहिले पार्टी कार्यालय कब्जामा लिइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस