• २०८३ जेष्ठ ६ गते बुधवार

जटिल रोगको सबै उपचार राज्यले निशुल्क गर्नुपर्ने माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष १२, काठमाडौं। आफूहरुले उठाएका विभिन्न १८ बुँदे मागहरु पुरा नभएको भन्दै स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ-संगठनहरुको संयुक्त संघष समितिले माइतिघरमा प्रर्दशन गरेका छन् । स्वास्थ्य क्षेत्रका २३ वटा पेशागत संघ संगठनले गत मंसिर ७ गते मन्त्रालय सामु विभिन्न १८ बुँदे माग सहितको ज्ञापन पत्र बुझाउँदै २१ दिनको अल्टिमेटम दिएका थिए ।

उनीहरूले ,कोरोना महामारीमा स्वास्थ्याकर्मीको साथ, जनाको स्वास्थ्यमाथि सरकारको घात’, ‘सरकार मलाई पीपीई खोइ ‘सरकार स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा कस्को लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका छन् ।

उनीहरूले कोभिड लगायत अन्य जटिल रोगको सबै उपचार राज्यले निशुल्क गर्नुपर्ने, आइसियु, भेन्टिलेटर लगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालमा वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने, निश्चित मापदण्डका आधारका सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन, आइसोलेसन र बिदाको व्यवस्थापन हुनुपर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्वास्थ्य सेवाबाट नै हुनुपर्ने लगायत १८ बुँदे माग अघि सारेका छन् । नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रतिगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन लगायत २३ वटा संघ संगठनले ऐक्यवद्धता जनाएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस