• २०८३ बैशाख २१ गते सोमवार

नागरिकता वितरणमा त्रुटि : इलाका प्रशासन पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १२, झापा । नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो ।

प्रहरी प्रवक्ता राकेश थापाले भन्नुभयो, “खै नागरिकता वितरण प्रक्रियामा केही त्रुटि भयो भन्ने कुरा आएको छ । उहाँहरुको आन्तरिक मामिला हो, छानबिन भइरहेको छ, तथ्यसहित सबै कुरा प्रमाणित भएपछि जानकारी गराउँछौँ ।” उहाँसँगै कार्यालय सहयोगी आशीर आलमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस