• २०८२ जेष्ठ ३२ गते शनिवार

डिआईजी सिंहद्धारा हुण्डी कारोबारीलाई सघाउने ३ प्रहरी निलम्बित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १३, जनकपुरधाम । प्रदेश २ प्रहरी कार्यालय जनकपुरले ३ जना प्रहरीलाई निलम्बन गरेको छ । प्रहरी चौकी औरैया रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक ललित साह र सोही चौकीमा कार्यरत प्रहरी जवान दिनेश हजारालाई निलम्बन गरिएको हो ।

उनीहरुले वित्तीय अपराध (हुण्डी) मा संग्लन व्यक्तिलाई सहयोग गरेको पाइएकाले निलम्बन गरिएको प्रदेश–२ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिहंले जानकारी दिए । यस्तै प्रहरी चौकी ब्रह्मपुरी रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक संजिवकुमार झालाई आचरण विपरीत काम गरेको भन्दै निलम्बन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस