• २०८३ कार्तिक २३ गते आइतवार

दिन प्रतिदिन बाजुरा आउनेको संख्यामा बृद्धि, आज मात्रै ३७१ जना भारतबाट बाजुरा आईपुगे

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, बाजुरा । कोरोना भाईरस कोभिड १९ का कारण बिभिन्न देशमा दिनानुदिन लकडाउन थपिदैं जाँदा बाजुरामा भारत बाट आउनेको संख्यामा बुद्धि हुदैं गइरहेको छ । दिन प्रतिदिन जिल्लामा भारतबाट आउने क्रम सयौंको संख्याले बढ्दै जाँदा जिल्लाबासीमा त्रास फैलिदै गएको छ ।

एकातिर कोरोना परीक्षणका लागि आवस्यक आरडिटी किट अभाव भइरहेको समयमा दिनानुदिन ठुलो संख्यामा आउने क्रम बढेपछि जिल्लामा थप जोखीम बढेको हो । आज मात्रै भारतबाट ३७१ जना बाजुरा आईपुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता तथा प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताउनुभएको छ ।

जिल्लामा दिन प्रति दिन ठुलो संख्यामा भारतबाट भित्रीदै आएका छन् । आज बाजुरा पुगेका ३७१ जनालाई आ आफ्नै पालिकाको क्वारेन्टाईनमा राख्ने गरी पठाईएको प्रबक्ता रोकायाले जानकारी दिनुभएको छ । आज आइपुगेका ३७१ जनाकै क्वारेन्टाइन अबधी पुरा भएपछी सबैको कोरोना परीक्षण गरीएपछी घर पठाइने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस