चैत १४, काठमाडौं । आज दिउँसो देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पश्चिमी भू-भागका केहि स्थानहरुमा र मध्य तथा पुर्वी पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
यस्तै राती देशको पश्चिमी र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव रहेको छ भने हाल देशको पश्चिमी भू-भागमा सामान्य र मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
देशका केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।