मौसम पूर्वानुमान महाशाखाले पश्चिमी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ । साथै तराईका केही भू-भागमा हुस्सु/कुहिरोको कारणले घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन अनुरोध गरेको छ ।