• २०८३ बैशाख ७ गते सोमवार

उदयपुरमा १३ जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ११, उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ६ नेपालटारमा शिक्षक र वडासदस्यसहित १३ जना जुवाडे पक्राउ परेका छन् । धर्मनाथ दाहालको घरमा जुवा खेलिरहेको सुचनाको आधारमा वडासदस्य, शिक्षक र पूर्वप्रहरी पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिएको छ।

पक्राउ पर्नेमा उदयपुरगढीका सुशिल कुमार गुरागाइँ, मनोज थापा, सुरज कुमार मगर, जीवन गिरी, धर्मनाथ दाहाल, दुर्गारमण दाहाल, युवराज कार्की, यादव खत्री र शरद खत्री रहेका छन् । रौतामाई–७ का प्रकाश दाहाल, सुदिप खत्री, श्याम खत्री र बिदुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुखले जानकारी दिनुभयो ।

पक्राउ परेको मध्ये प्रकाश दाहाल रौतामाई गाउँपालिका ७ का वडा सदस्य हुन् । यस्तै गुरागाइँ उच्च मावि उदयपुरगढीका शिक्षक हुन् भने श्याम खत्री मावि बोहरीबोटका शिक्षक र सुरज कुमार मगर सोही विद्यालयका लेखापाल हुन् ।

जुवाको खालबाट प्रहरीले नगद ५८ हजार ८ सय ५ रुपैया, १६ थान कौडा, १२ थान मोबाईल र ८ थान मोटरसाईकल समेत बरामद गरेको एसपी दाहालले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस