• २०८३ बैशाख २० गते आइतवार

चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ११, कैलाली । कैलालीबाट प्रहरीले चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ गरेको छ । प्रहरीले गोदावरी नगरपालिका वडा नम्बर २ स्थित मिट प्वाइन्ट होटलबाट उनीहरूलाई पक्राउ गरेको हो।

चितुवाको छाला र हड्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त होटलबाट डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ बस्ने ३१ वर्षीय किरण पुनलाई पक्राउ गरेको थियो।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार पुनको साथबाट चितुवाको छाला १ थान र हड्डी २ थान फेला पारी बरामद गरी अनुसन्धानको क्रममा घटनामा संलग्न डोटीकै आदर्श गाउँपालिका वडा नम्बर ५ लामीखालका ३५ वर्षीय वीरबहादुर धामी र २२ वर्षीय योगेन्द्र धामीलाई पनि पक्राउ गरिएको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागि चितुवाको छाला र हड्डीसहित डिभिजन वन कार्यालय धनगढीमा पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस