• २०८३ बैशाख २१ गते सोमवार

आजको मौसम देशमा पश्चिमी वायुको प्रभाव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव छ । जसका प्रभावले हाल बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदलि र बाँकि प्रदेशमा आंशिक देखि सामान्य बदलि रहेको छ ।

महाशाखाका अनुसार बिहीकार दिउँसो देशका पहाडि भु-भागमा आंशिक देखि सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै महाशाखाले देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैलाई अनुरोध गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस