• २०८३ जेष्ठ ३ गते आइतवार

बझाङ प्रहरीले बहुबिबाह फरार रहेका २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०,बझाङ । बझाङ प्रहरीले बहुबिबाह फरार रहेका २ जनालाई पक्राउ गरेको छ। विगत ९ वर्षदेखि फरार रहेका जयपृथ्वी नगरपालिका वडा नम्बर ३ का राजेन्द्र बहादुर खड्का र उनकी कान्छी श्रीमती राधिका खड्कालाई मंगलबार पक्राउ गरिएको हो। उनीहरुलाई २०६८ असोज २१ गतेदेखि फरार थिए। जिल्ला अदालत बझाङले उनीहरुलाई २/२ वर्ष कैद र १६/१६ वर्ष कैद सजाय सुनाएको थियो।

पक्राउ परेका दुवैजनालाई प्रहरीले जिल्ला अदालतमा पेश गरी उनीहरुबाट जनही १६–१६ हजार असुल उपर गरी २–२ वर्ष कैद भुक्तानका लागि जिल्ला कारागार बझाङ चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकेन्द्रसिंह कार्कीले बताए।

Sharing

प्रतिक्रिया दिनुहोस