आजको समयमा नेपाली जनताले जे जस्ता समस्या भोगी रहनुभएको छ। ति सबै समस्या हरु राजनीतिक कारणले गर्दा हो । आन्दोलन भनौ या जनक्रान्ती भनौ सिधा सादा जनतालाइ प्रयोग गरि राजा राणा पन्चायत हुदै बहुदलीय लोकतान्त्रिक नौलो जनवादसम्म पनि हरेक हिसाबमा जनताले साथ सहयोग दिदैं आईरहेको कुरा घाम झै छर्लङ्ग छ।
नेपाली भुमिमा जन्म लिदै गर्दा जन्मथलो नेपाल भएपनी कर्मथलो विदेशी भुमी लिएर जन्मिनु यो प्रत्येक नेपालीको वास्तविकता हो ।
त्यती हुदै गर्दा सबै खालको वेथिती विसङ्गती भ्रष्टाचार एकात्मक शासन ब्यबस्था राजा, राणा र पन्चायतले गरेका हुन यि सबैको अन्त्य हामी गर्छौ भन्दा जनताले साथ सहयोग गरेकै हुन । सोझा जन्नतालाई प्रयोग गरि हजारौं जनता सरकार पक्षबाट होस या विद्रोहि पक्षबाट मार्नु भएको छ ।कति आमाका कोख रित्तिएका छन सिन्दुर पुछिएका छन ,कयौं का छोरा छोरी टुहुरा भएका छन वास्तव मा नेपाली जनता ले के पाय आज आएर नेपाली जनता विदेशको भुमिमा ४५ डिग्रीको घाममा काम गर्न बाध्य छन । नेपाली चेली विदेशी भुमिमा बेचिन बाध्य छन । कत्ती नेपाली विदेशी भुमिमा गुलामी भएर बस्न बाध्य छन, अनि मर्न बाध्य छ्न । नेपाली चेलीबेटीहरु विदेशी डिस्को बारमा नाच्न बाध्य छन, अनि आफ्नो परिवार र आफन्तबाट टाढिन परेको छ । यस्ता समस्या नेपाली समाजको वास्तविकता अनि यथार्थता हो ।
नेपालमा भएका उधोग धन्दा कलकारखाना विदेशी ईसारामा बन्द गराएका छन । नेपालमा रोजगारी छैन । आफ्नो जिबिको पार्जन गर्न, जिवन जिउनको लागी पराईको भुमिमा जान बाध्य बनाईएको छ। नेपाली भुमिमा जन्म लिदै गर्दा जन्मथलो नेपाल भएपनी कर्मथलो विदेशी भुमी लिएर जन्मिनु यो प्रत्येक नेपालीको वास्तविकता हो ।
निर्मला पन्त जस्ता दिदि बहिनिहरुको बलात्कार पछि हत्या गर्नेलाई छुटु दिनु हो ? वाइनवडी काण्ड ,बालुवाटार जग्गा काण्ड, ३३किलो सुन काण्ड, मेलम्ची खानेपानी काण्ड जस्ता कार्यहरु गरेर देशको मुहार फेरेको मान्नुहुन्छ भने नेपाली जनताले भन्नु केहि छैन ।
नेपाली जनताले बाच्न त के मर्न पनि आफ्नो देशमा पाउदैनन । नेपाली दाजुभाई दिदिबहिनीहरुको लगायत अहिलेको वास्तविक नेपाली जनताको समस्या हो । यति धेरै त्याग तपस्या बलिदान गरेर अहिलेको स्थितिमा आईसक्दा पनि पैसाको लोभमा विदेशी नागरिकलाई नागरिकता दिई नेपाली नागरिक बनाउदै हुनुहुन्छ । अनि चुनाव जित्यौँ भनी सोझा जनता माथि शासन गरिरहनु भएको छ ।
वास्तबिक नेपाली त बिदेशी भुमिमा ४५ डिग्री घाममा काम गर्न बाध्य छ सरकार ।
कम्युनिष्टहरु सरकारमा पुग्दा कुनै पनि जनताले दुख पाउदैनन समाजमा सबैको अधिकार बराबर हुन्छ । हेपिएर दबिएर बस्नु पर्दैन देश को मुहार फेरिन्छ भन्नुभएको थियो के मुहार फेर्नु भनेको नेपाली जनतालाई विदेशी भुमिमा बेच्नु हो ? निर्मला पन्त जस्ता दिदि बहिनिहरुको बलात्कार पछि हत्या गर्नेलाई छुटु दिनु हो ? वाइनवडी काण्ड ,बालुवाटार जग्गा काण्ड, ३३किलो सुन काण्ड, मेलम्ची खानेपानी काण्ड जस्ता कार्यहरु गरेर देशको मुहार फेरेको मान्नुहुन्छ भने नेपाली जनताले भन्नु केहि छैन ।
कालान्तरमा आएर सच्चा देशभक्त नागरिक सुरक्षाकर्मीबाट मारिएको खबर इतिहास नबनोस, या बिभिन्न समाचार माध्यमबाट सुन्न र देख्न नपरोस यस्लाई रोक्ने कि के गर्ने हजुरहरुकै हातमा छ ।
तर वास्तविकता यो नहोला अब धेरै भन्नु भन्दा पनि अन्तिममा आएर यो बुझ्न जरुरी छ। हजुरहरुलेले देश माथी गद्दारी गर्नुभएको छ, धोका दिनु भएको छ। नेपाली जनताले जव हजुरलाई दलाल भ्रष्टाचारि चोर, फटाह, राष्ट्रघाति, माफिया, तस्कर, ज्यानमारा हुन भनेर जनताले बुझी सकेपछि तपाईहरुको स्थान कहाँ रहला ? के गरेर खानुहोला ? कृषि गरेर खाने क्षमता छैन जनताले हजुरहरुलाई नेता मान्दैनन भने समाज र देश मा कुनै पनि खालको स्थान रहने छैन । हजुरले गरेका कामले झोले कार्यकता देश बेचुवा दलाल त खुसी होलान तर सच्चा देश भक्त जनता, नागरिक खुसी हुन सक्दैनन र छैनन् । त्यसैले कालान्तरमा आएर सच्चा देशभक्त नागरिक सुरक्षाकर्मीबाट मारिएको खबर इतिहास नबनोस, या बिभिन्न समाचार माध्यमबाट सुन्न र देख्न नपरोस यस्लाई रोक्ने कि के गर्ने हजुरहरुकै हातमा छ ।