• २०८३ जेष्ठ २१ गते बिहिवार

आजको मौसम : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ । जसका प्रभावले हाल देशभर बदली रहेको छ र देशभर थोरै स्थानहरुमा वर्षा भईरहेको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित भारी वर्षा संभावना रहेको छ । यस्तै राती देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ , प्रदेश २, प्रदेश नं ५ तथा गण्डकी प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

महाशाखाले देशभर धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश , प्रदेश नं ५ तथा सुदुरपश्चिम प्रदेश का थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित भारी वर्षाको समेत संभावना रहेकोले ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Sharing

प्रतिक्रिया दिनुहोस