• २०८३ असोज २७ गते मङ्गलवार

यूके र ईयूबीच व्यापार सम्झौतामा हस्ताक्षर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष १०,एजेन्सी । माछा मार्ने अधिकार तथा भावी व्यापार नीतिलाई लिएर महिनौँयता जारी मतभेद अन्त्य गर्दै युरोपेली सङ्घ र यूकेले ब्रेक्जिट पछिको एउटा व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन्।

डाउनिङ्ग स्ट्रीटमा आयोजित एक पत्रकार सम्मेलनमा ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले भने, ‘हामीले हाम्रा कानुन तथा भविष्यमाथि पुनः नियन्त्रण कायम गरेका छौँ।’

जोनसनले समग्र युरोपका लागि एउटा राम्रो सम्झौताू भएको उल्लेख गरेका छन्। युरोपेली सङ्घबाट औपचारिक रूपमा बाहिरिएको एक वर्षपछि यूके आगामी बिहीवार ईयूका व्यापार नीतिबाट अलग हुनेछ।

Sharing

प्रतिक्रिया दिनुहोस