• २०८३ भाद्र १२ गते शुक्रवार

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्रीले शुक्रबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक डोकका हुन्। यसअघि गत आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो।

गत पुस ६ गते सात मन्त्रीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमको विरोध गर्दै राजीनामा दिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागिएको हो ।

सत्तारूढ नेकपा दुई समूहमा विभाजित भएपछि खाली भएका मन्त्रालयमा ओलीले आफूसँग आएका केही नेतालाई मन्त्री बनाउन लागेको बालुवाटार स्रोतले जनाएको छ । प्रतिनिधि सभा विघटन भएपछि सात जना मन्त्रीले प्रतिनिधि सभा विघटनको विरोधमा राजीनामा दिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस