पौष १०, डोटी। स्कार्पियोले ठक्कर दिँदा डोटीमा एक बालकको मृत्युु भएको छ । डोटीबाट धनगढीतर्फ जाँदै गरेको से १ च १००९ नम्बरको स्कार्पियोको ठक्कर दीदा शिखर नगरपालिका–६ कोटगाउँका मोहन बलायरका ६ वर्षीय छोरा गौरव बलायरको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका गौरवलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । स्कार्पियो र त्यसका चालक महादेव गिरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।