पौष १०, काठमाडौँ। आज पनि सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार २ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।