• २०८३ जेष्ठ २५ गते सोमवार

मोटरसाइकल चोरी गर्ने पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष १०, रौतहट । इलाका प्रहरी कार्यालय गरुडाले मोटरसाइकल चोरी गर्ने र चोरीको मोटर साइकल विक्रीवितरण कार्यमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर ६ धर्मपुर टोल बस्ने २० वर्षीयरबिन्द्र राय रहेका छन् । सो कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षकका अनुसार गरुडा नगरपालिका वडा नम्बर ४ मा रहेको ईलाका प्रशासन कार्यालय गरुडा अगाडी गौर–चन्द्रनिगाहपुर सडक खण्डमा सवारी चेक जाँचको लागी खटेको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा रायले चलाएर ल्याएको भारतिय नम्बर प्लेटको २२० सिसिको पल्सर मोटरसाइकलको विलबुक लगायतका कुनैपनि कागजात नरहेपछि उनलाई अनुसन्धानको लागि पक्राउ गरेको हो ।

प्रहरीले उनको शरिर खानतलासी गर्दा अन्य ५ वटा विभिन्न कम्पनीका मोटरसाइकलको साँचो पनि फेला परेकाले मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको हुनसक्ने आशंका थप अनुसन्धानको लागि पक्राउ गरेको उपरिक्षकले बताउनुभयो । पक्राउ परेका रायलाई जिल्ला अदालत रौतहट गौरबाट १० दिनकोे म्याद थप अनुमती लिई इलाका प्रहरी कार्यालय न्यायीक हिरासतमा राखी अनुसन्धान भई रहेको सो कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस