• २०८३ असोज २७ गते मङ्गलवार

लुटिएको सुन भएन फिर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष १०, बैतडी । द्वन्द्वकालमा सुरक्षाका लागि बैंकमा राखेका तीन किलो सुन बैंकबाटै लुटिएको घटनाको विस्तृत छानबिन नहुँदा प्रचौंडी क्षेत्रका स्थानीयवासी मर्कामा परेका छन् । द्वन्द्वका बेला सुरक्षाको कारण देखाएर नेपाल बैंक लिमिटेडको बैतडी प्रचौंडी शाखा २०५७ कात्तिक २२ गते जिल्ला सदरमुकाम बैतडी सरेको र सदरमुकाको सुरक्षित स्थानबाटै बैंक लुटिएपछि प्रचौंडी क्षेत्रका स्थानीयले राखेको सुन चोरी भएको जनाएको छ ।

झण्डै दुई दशकसम्म पनि सुन फिर्ता पाउन नसकेको प्रचौडीका स्थानीय बासिन्दाले बताए । आफ्नो घरपरिवारले बैंकमा राखेको अढाइ तोला सुन र सोको क्षतिपूर्ति हालसम्म पनि पाउन नसकेको बोहराले बताए । सदरमुकामबाटै बैंक लुटियो भन्ने खबर मात्रै पायौं । अहिलेसम्म कसले किन लुट्यो भन्ने बारेमा कुनै छानबिन गरेन । रिपोर्ट सार्वजजिक गरिएको छैन । बोहराले भने, “बैंकबाट यति धेरै ठूलो परिमाणमा सुन लुटिएको बैतडीमा पहिलो घटना हो ।” तर राज्यले कुनै छानबिन नगरेको प्रचौडीका स्थानीयवासीले गुनासो गरेका छन् ।

बैतडी, दार्चुला, बझाङ, डोटी र शाखा हालसम्म पुनःस्थापना हुनसकेका छैन । प्रचौंडीवासीले आफ्नो सुन फिर्ता हुनुपर्ने र बैंकको शाखा पनि चाहिने माग गरेको तर यता बैंक डडेल्धुरा शाखाका अनुसार प्रचौंडी शाखाको चोरी भएको सुन ३०० जनामध्ये ९४ जनाले सुन बराबरको रकम फिर्ता गरिसकेको प्रबन्धक जोशीले बताए । सर्वोच्च अदालतबाट २०६४ मङ्सिर २८ गतेको फैसला अनुसार डडेल्धुरा शाखमा सम्पर्क गर्ने सूचना गोरखापत्रमा २०७० असार १० गते प्रकासित गरिएको र डडेल्धुरा शाखाबाट बैतडीका ९४ जनाले करिब एक किलो ५०० ग्राम सुन बराबरको रकम फिर्ता गरिएको डडेल्धुरा शाखाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस