• २०८३ जेष्ठ ५ गते मङ्गलवार

दाहाल–नेपाल समूहद्वारा आन्दोलनको घोषणा

पत्रपत्रिका पढ्न लाग्ने समय : २ मिनेट

पौष १०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले संसद् विघटनका विरुद्धमा आन्दोलनको घोषणा गरेको छ । बिहीबार आयोजना गरिएको नेपाल कम्युनिष्ट पार्टी (दाहाल)नेपाल समूहको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

बिहीबार बबरमहलमा बसेको बैठकले आगामी १४ पुसमा देशैभरि प्रदर्शन गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्य श्रीप्रसाद साहका अनुसार ११ पुसमा ७ वटै प्रदेश कमिटीको बैठक एकै दिन बस्ने निर्णयसमेत गरेको छ । १२ पुसमा ७७ वटै जिल्लामा जिल्ला भेला आयोजनाका साथै सोही दिन सबै जिल्लामा वर्तमान अवस्था र कार्यभारका विषयमा प्रशिक्षण सञ्चालन गर्ने निर्णयसमेत दाहाल–नेपाल समूहको बैठकले गरेको छ । यसैगरी शुक्रबार बिहान साढे ९ बजे माइतीघर मण्डलामा सबै केन्द्रीय सदस्य भेला भई १० बजे संयुक्त पत्रसहित निर्वाचन आयोग जाने निर्णय गरिएको छ । शुक्रबार नै दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यस्तै २० पुससम्म सबै नगर र गाउँ कमिटीका बैठक र भेला गर्ने तथा २५ पुससम्म सबै वडामा बैठक र भेला गर्ने निर्णय भएको श्रेष्ठले बताए । साथै १४ पुसभित्र जनसंगठनका बैठक गर्दै दोस्रो चरणको आन्दोलन तय गर्ने बताइएको छ । नेकपा केन्द्रीय कमिटीको तेस्रो बैठक भनिएको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले प्रवक्ता श्रेष्ठको संयोजकत्वमा २५ सय १ सदस्यीय आन्दोलन परिचालन समितिसमेत बनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

https://khabar24nepal.com/25/12/2020/56362

Sharing

प्रतिक्रिया दिनुहोस