मंसिर १०, काठमाडौँ । थप १९ सय ४८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा ६३५, भक्तपुरमा८७ र ललितपुरमा ११३ जना नयाँ संक्रमित थपिएका हुन् । आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३९ जना रहेको छ ।