• २०८३ जेष्ठ २६ गते मङ्गलवार

थप १९४८ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख २६ हजार २६ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १०, काठमाडौँ । थप १९ सय ४८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा थप १९ सय ४८ जनामा कोरोना पुष्टि भएको हो । आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ३१ सय ४० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७ हजार ९ सय ९८ जना रहेको छ । आज २८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १३ सय ८९ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस