• २०८३ जेष्ठ १ गते शुक्रवार

पर्यटन मन्त्री भट्टराईको कोरोना बाफतको पैसा असहाय विध्दार्थीहरुलाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

मंसिर १०, काठमाडौं । नागरिक उड्यान तथा पर्यटन मन्त्री योगेस भट्टराईले कोरोना संक्रमण भएपश्चात आएको एकलाख रुपैया असाहय बालबालिकालाई दिने हुनु भएको छ । पर्यटन मन्त्री भट्टराईको सचिवालयले एक प्रेश विज्ञप्ती जारी गर्दै यश बारे जानकारी दिएको हो ।

प्रेस विज्ञप्तिमाभनिएको छ :
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री योगेश भट्टराईज्यू विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमा परी हाल संक्रमणमुक्त हुनुभएको व्यहोरा अवगतै छ । ताप्लेजुङ जिल्लाका प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका माननीय मन्त्रीज्यूले आफुले कोरोना बीमाबापत प्राप्त गर्नुभएको रु. १,००,००० ताप्लेजुङ जिल्लाका ३०० जना न्यून आय भएका, विपन्‍न, विद्यार्थी, असहाय तथा मजदूरहरुको कोरोना बीमामा खर्च गर्नु भएको व्यहोरा जानकारी गराइन्छ ।

साथै, यस अघि पनि माननीय मन्त्रीज्यूले आफ्नो तलब भत्ताबापत प्राप्त रकमबाट स्थायी ठेगाना ताप्लेजुङ भएका १,२७६ जनाको कोरोना बीमा गरिदिनु भएको छ । यसरी माननीय मन्त्रीज्यूबाट आफ्नो निर्वाचन क्षेत्रमा स्थायी ठेगाना भएका कुल १, ५७६ जना व्यक्तिहरुको कोरोना बीमा गरिएको व्यहोरा सम्वन्धित सवैको जानकारीको लागि प्रेषित गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस